दाने बोहरा बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित

featured photo: Dhovan

हुम्ला
मन्त्रालयको पास लिएर आएको भन्दै पावर र पहुँचको भरमा लकडाउनको उल्लघन गर्दै हुनेखाने वर्ग हवाई जहाज मार्फत सिमकोट आईपुग्ने गर्दछन् ।

नेपाल सरकारले चैत ११ गतेबाट लकडाउन गरेपछि जिल्ला बाहिर रहेका हुम्लीलाई घरपुग्न सास्ति भएको छ । मंगलबार मात्रै चार जना सुर्खेतबाट जिल्ला आईपुगेका छन् भने सुर्खेत, नेपालगन्जमा रहेका अन्य हुम्ली दुई महिना देखि घरजान पाउ भन्दै अलपत्रमा परिरहेका छन् ।

निजी एयरलाइनसहरुले दैनिकी दिन नेपालगन्ज र सुर्खेतबाट कार्गो ओसारीरहेका छन् भने यहाँका नागरीक जिलला बाहिर अलपत्रमा परिरहेका छन् ।

घर पुग्न नपाउँदा नेपालगञ्ज र सुर्खेतमा लकडाउनको कारण २ महिना देखी होटेलको बास खेपीरहेका हुम्लीले चर्को मुल्य तिरेर होटेल बस्नु पर्ने बाध्यता रहेको छ ।
गर्मी खाँदै खर्च पानी सकिएर हरेक दिन नेपालगन्ज र सुर्खेतमा हुम्लीहरु रोईरहेका छन् भने अर्को तिर हुम्लाका नेताहरु हुम्लामा उद्धार गर्दा हुम्ला नल्याउनु पर्ने हो भनेर भन्ने लागी रहेका छन् । नेपालगञ्ज र सुर्खेतमा होटेलको वास वसिरहेका हुम्लीहरुले आफुसँग भएको पैसा सकिएर पानी किन्ने पैसा समेत नभएको गुनासो गर्न थालेका छन् ।

यता स्थानिय तहमा उद्धार, राहतको नामा झण्डै करोडौं सकिएको छ तर वास्तविक पिडितले के कती पाए भन्ने कुरा मुल्याँकन गर्न गाह्रो भएको छ । जिल्लाका नागरीक जिल्ला बाहिर भोक र रोगको चिन्ताले घरजान पाउँ भन्दै तड्पीरहेका छन भने स्थानिय तह उद्धार र राहतको नाममा नारा लगाउँदै ठिक्क रहेको पाइएको छ ।

नेपालगञ्ज सुर्खेतमा दुई देखि तीन सय हुम्ली अलपत्रमा परहेको नेपालगन्जबाट राम बहादुर बोहराले जानकारी दिनुभयो । आफु जस्तै सयौं हुम्ली नेपालगन्जमा घर पुग्न नपाएर बसीरहेको बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर बिबाद समाधान गर्न आग्रह
रेडियो कैलास एफ एमका प्रबन्धक निर्देशक बसन्ती शाही सम्मानीत
आधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको पुर्व मन्त्री शाही द्धारा उद्धघाटन

लोकप्रिय

हाम्रो समुह

प्रकाशक : दाने बोहरा
सम्पादक: राज शाही
सह-सम्पादक: नन्द सिह
समाचार प्रमुख: गोर्ख रोकाया

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.dhovan.com
E-mail: [email protected]
सम्पर्क न.: 9867145435, 9858320898, 9848318092