राज शाही आइतबार, आषाढ १४, २०७७ मा प्रकाशित

featured photo: Dhovan

हुम्ला

हिमाली दुर्गम जिल्ला हुम्लाको विकासका लागी विनियोजित वजेट दुरुपयोग हुन थालेको छ । जिल्लाका किसान र कृषि क्षेत्रको विकासका लागी विनियोजि बजेठ टाठा बाठाहरुको चलखेलमा सही ठाउँमा सहि किसिमले सदुपयोग नभएको स्थानियको गुनासो आउन थालेको छ ।

जिल्लाका वास्तविक कृषकहरुले पाउन भन्ने हेतुले कर्णालि प्रदेश सरकारबाट विनियोजित बजेट जिल्ला कृषि विकास कार्यालयबाट संचालन हुदै आएको छ ।

खार्पुनाथ गाउँ पालिका वडा नं २ थाली गाउँको कृषि सडकमा विनियोजन भएको बजेट सहि सदुपयोग नभएको भन्दै त्यसको सहि छान विन गरि दिन माग राखि स्थानिय एक युवकले जिल्ला कृषि विकास कार्यालय र निर्माण उपभोक्ता समितिको नाममा जिल्ला प्रशासन कार्यालय हुम्लामा निवेदन दर्ता गराएका छन् ।

उक्त कृषि सडकका लागी जिल्ला कृषि विकास कार्यालयबाट २५ लाख विनियोजन भएकोमा सडक निर्माणमा १ हजार जना कामदार परिचालन भएको र जसको खर्च जिल्ला दररेट अनुसार १० लाख मात्र खर्च भएको र अन्य बाँकी रकम प्रयोग नै नगरी उपभोक्ता समिति र अन्य सरोकारवाला निकायको मिलेमतोमा हिना मिना गर्न खोजिएको भन्दै खार्पुनाथ गाउँ पालिका वडा नं २ निवासी सुन्दर जेठाराले छानविनका लागी जिल्ला प्रशासन कार्यालय हुम्लामा निवेदन दर्ता गराएका हुन।

सडक प्राविधिक स्टामेट अनुसार ४ मिटर चौडा हुनु पर्नेमा त्यसो नभई कतै तिन मिटर कतै २ मिटर चौडा बनाइ मिलेमतोमा काम सम्पन्नको विल भर्पाई बनाइ रकम निकासा गरिएको र गाउँका स्थानियले त्यसको सार्वजनिक सुनुवाई गर्न माग गरे पनि धाक धम्कि दिदै कामदारहरुलाई पैसा जवरजस्ती वुझाउने गरेको ति युवाले निर्माण उपभोक्ता समितिलाई आरोप समेत लगाएका छन् ।

यसको सहि छानविन जिल्ला प्रशासन कार्यालय हुम्लाले नगरेमा अख्तियार दुरुपयोग अनुसानको कार्यालय सम्म पनि पुग्ने ति युवाले बताएका छन् ।

 

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक : दाने बोहरा
सम्पादक: राज शाही
सह-सम्पादक: नन्द सिह
समाचार प्रमुख: गोर्ख रोकाया

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.dhovan.com
E-mail: [email protected]
सम्पर्क न.: 9867145435, 9858320898, 9848318092