राज शाही शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित

featured photo: Dhovan

हुम्ला

पुर्व मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाही आज हुम्लामा आएका छन । शाही आज विहान समिट  एरलाइन्सबाट सिमकोट आइ पुगेका हुन । शाही हुम्लामा आए संगै भव्यरुपमा हुम्लीले स्वागत गरेका छन् । शाही हुम्ला आए संगै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले भव्यरुपमा टसि खादा अविरलगाई सिमकोट विमान स्थलबाट स्वागत गरेका थिए ।

सामुदायीक रेडियो कैलास एफ एमका अध्यक्ष समेत रहेका शाही यस अघि अषाढ २८ गते हुम्ला जिल्लामा आउनेक्रममा सुर्खेत जिल्लामा पिसिआर चेक जाँचका क्रममा कोरोना पोजेटिप देखिए पछि हुम्ला जिल्लामा आउन सकेका थिएनन । १४ दिन होम आइसोलेसनमा वसी चेक जाँच गरी सकेपछि पुन पिसिआर रिर्पोट नेगेटिप आए पछि आज हुम्ला जिल्लामा आएका हुन  ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका शाही १४ दिन होम आइसोलेसनमा वसी पाँच पटक सम्म पिसिआर चेकजाँचमा रिर्पोट नेगेटीप आए पछि आज विहान १२ वजे समिट एरलाईन्सबाट हुम्ला आएका हुन । शाही हुम्लामा आए संगै बजार सरसफाइ देखि विग्रेका बाटो घाटो मरमत गर्ने काम पनि दुरत गतिमा भएका छन ।

पुर्व पर्यटन तथा नागरीक उडायन मन्त्री शाही हुम्लामा आए संगै जिल्लाको विकास निर्माण देखि लिएर राजनैतिक अवस्थाका बारेमा जिल्लाका स्थानियवासी संग आज पहिलो दिन भेटघाटमा वुझ्ने काम गरिएको शाहीका स्वगीय सचिव राजबहादुर रोकायाले बताएका छन ।

जिल्लाका ७ वटा गाउँ पालिकामा संचालित विद्यालयहरुको अवस्था, पठन पाठनको अवस्थाका बारेमा पनि शिक्षक तथा शिक्षा विद्ध र नेपाल शिक्षक संघ जिल्ला कार्यसमितका पदाधीकारीहरु संग वुझ विचार गरेका छन् । जिल्लाका खार्पुनाथ ताँजाकोट र नाम्खा गाउँ पालिकाका विद्यालय संचालन भएको र उक्त विद्यालयहरु संचालन गर्दा आइ परेका समस्याका बारेमा पनि जनप्रतिनिधि संग जानकारी लिएका छन् ।

त्यसै गरि आजै काठमाण्डौबाट नेपाली काँग्रेस जिल्ला सभापति जयपति रोकाया, ठानबहादुर रोकाया, संविधान सभा सदस्य रिता शाही, वरिष्ट नेता मंगलबहादुर शाही, विजय बोहोरा लगाएतका काँग्रेसका नेता तथा कार्यकर्ता हुम्लामा आइ पुगेका हुन ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक : दाने बोहरा
सम्पादक: राज शाही
सह-सम्पादक: नन्द सिह
समाचार प्रमुख: गोर्ख रोकाया

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.dhovan.com
E-mail: [email protected]
सम्पर्क न.: 9867145435, 9858320898, 9848318092