राज शाही बुधबार, साउन २१, २०७७ मा प्रकाशित

featured photo: Dhovan

हुम्ला

बिधार्थीहरुलाई निशुलक रुपमा रेडियो बितरण गरिएको छ । बिधार्थीको हातमा रेडियो नहुदा रेडियोबाट संचालित कक्षाका कृयाक्लायहरु बिधार्थीको पहुच नपुगेपछि रेडियोको ब्यबस्था गरिएको हो । मोतिराम आधारभुत विद्यालयका शिक्षक पासाङ लामाले घरमा मोबाईल रेडियो नभएका बिधार्थीहरुका हात हातमा रेडियो पाएपछि रेडियोबाट संचालन भएका कक्षा सुन्न सहज भएको बताएका छन्।

माबि तहका बिधार्थीहरुका लागि सदरमुकाम सिमकोट स्थित दुई रेडियोबाट कक्षा सञ्चालन भै रहेको छ । कक्षा सञ्चालन भएको भएपनि बिधार्थीको हातमा रेडियो नभएपछि पढाईमा सहभागिता हुन नसकेको गुनासो बिधार्थीबाट आएको थियो । शिक्षक लामाले बिधार्थीले रेडियो पाएपछि घरको छतमा समुहमा सामाजिक दुरी कायम गरि रडियो सुनेर अध्ययन गर्ने गरेका छन् । उनले हात हातमा रेडियो पाएपछि बिधार्थी निक्कै हर्षित भएको बताएका छन ।

आधार बिकास नेपालका शिक्षा क्षेत्र हेर्ने अधिकृत कन्जोक लामाले बन्दाबन्दीको बेला कार्यक्रमले चार वटा बिषयहरु नेपाली, अंग्रेजी, बिज्ञान र सामाजिक बिषयको पठन पाठन भएको तर बिधार्थीको हातमा मोवाईल र रेडियो नभएपछि त्यसको निशुल्क ब्यबस्था गरिएको बताएका हुन । कार्यक्रमले आफ्नो कार्य क्षेत्रभित्र पर्ने र रेडियोको पहुँच भएका सबै विद्यालयमा अध्ययनरत बिधार्थीलाई पुग्ने गरि रेडियोको ब्यबस्था गरेको छ । सिमकोट र नाम्खा गाउँपालिकाका मावि तहमा अध्ययनरत बिधार्थीहरुलाई पाँच जनाको समुह बनाएर एक थान रेडियो बितरण गरिएको बताएका छन।

बिधार्थीको समुह सबैको पायक पर्ने गरि बनाइएको छ । यसबाट मावि तहका दुई सय जना बिधार्थीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमले जनाएको छ । एक दर्जन भन्दा बढी गाउँमा बस्ने बिधार्थीलाई रेडियो निशुल्क बितरण गरिएको छ ।  अब विद्यालय संचालन भएपनि बिहान बेलुका रेडियोबाट कक्षा सञ्चालन भई रहने भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
संघीय सरकारलाई सिमा सम्बन्धि बिज्ञ टोली हुम्ला पठाएर बिबाद समाधान गर्न आग्रह
रेडियो कैलास एफ एमका प्रबन्धक निर्देशक बसन्ती शाही सम्मानीत
आधुनिक सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा वर्थिङ सेन्टरको पुर्व मन्त्री शाही द्धारा उद्धघाटन

लोकप्रिय

हाम्रो समुह

प्रकाशक : दाने बोहरा
सम्पादक: राज शाही
सह-सम्पादक: नन्द सिह
समाचार प्रमुख: गोर्ख रोकाया

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.dhovan.com
E-mail: [email protected]
सम्पर्क न.: 9867145435, 9858320898, 9848318092